ध्येय
विभिन्न तालिम, शिक्षा र अवसरको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्दै प्रविधिमैत्री वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट र दिगो ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बन्ने
परिकल्पना
सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा आधारित रही सदस्यहरुसँग छरिएर रहेको पूँजी, श्रम र सीपलाई एकबद्ध गराई सदस्यहरुको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने र महिला सदस्यहरुको समग्र सशक्तिकरण गर्दै सक्षम, सुदृढ र अग्रणी सहकारी संस्थाको रुपमा स्थापना गर्ने
उद्देश्य
संस्थामा संलग्न महिला सदस्यहरूको क्षमता अभिवृद्धि, आत्मसम्मानको विकास, आत्मनिर्भर र आर्थिक सबलता बनाउने, संस्थामा संलग्न सदस्यहरूबिच स्वावलम्बी, पारस्परिक सहयोग एंव मितव्ययीताको भावना अभिवृद्घि गरी नियमित बचत गर्ने बानी बसाल्ने ...
पृष्ठभूमि
सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई अवलम्बन गरी “महिला सशक्तिकरणका लागि प्रविधि सहितको उत्कृष्ट सेवा प्रदायक दिगो साकोस” भन्ने नारालाई आत्मासाथ गरी काठमाण्डौ महानगरपालिकाभित्र गरीब तथा निम्न आय भएका श्रमिक, भूमीहिन तथा अव्यवस्थित बस्तीका महिलाहरुको आधारभूत आवश्यता परिपूर्ति, आर्थिक उत्थान, सम्मानित जीवनयापन, समूह सामाजिक ऐक्यबद्घता एवं पारस्पारिक सहयोग विस्तार गर्नका लागि स्थापना गरिएको हो । समाजमा रहेको सहकारीताको भावनालाई सहकारी ऐन २०७५ को दफा ६ (१) बमोजिम वि.स २०५९ वैशाख ३० गते विधिवत रुपमा काठमाण्डौं डिभिजन सहकारी कार्यालयमा दर्ता भई वि.स. २०५९ जेष्ठ २ गतेबाट यस सहकारीको कारोवार र गतिविधिहरु सञ्चालन गरिएको हो । मिति २०७७ पुस (डिसेम्बर २०२०) मा प्रोवेसनमा प्रवेसन गरी ब्राण्ड प्राप्त गरी सेवा प्रदान गर्दै आएको छ ।